• ON AIR
  • UP NEXTStation Start with Radio Jingles and Program's promo
समाचार

तीनबर्ष अघि दुर्घटना परी अर्धचेत भएका पूर्वमन्त्री खपाङ्गीको मृत्यु ।।

तीनबर्ष अघि दुर्घटना परी अर्धचेत भएका पूर्वमन्त्री खपाङ्गीको मृत्यु ।।
    
पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीको मृत्यु भएको छ । काठमाडौ बाँसबारीस्थित न्यूरो अस्पतालमा ७० वर्षको उमेरमा उहाँको निधन भएको गोरेबहादुर खपाङ्गी फाउण्डेशनका अध्यक्ष हुमबहादुर थापाले जानकारी दिनुभयो । उपचारकै क्रममा उहाँको गएराति साँढे १० बजेतिर अस्पतालमै निधन भएको हो । २०५९ साल भदौ २२ गते तत्कालिन राजा ज्ञानेन्द्र शाहको पालामा खपाङ्गी ८ महिनासम्म महिला तथा बालबालिका मन्त्री बन्नुभएको थियो । २०७० साल बैशाख १२ गते काठमाडौं राष्ट्रिय सभागृहमा भएको आदिवासी जनजाति चलचित्र महोत्सवमा सहभागी हुन जाने क्रममा खपाङ्गीलाई प्रदर्शनी मार्गमा मोटरसाईकलले ठक्कर दिएको थियो । दुर्घटना लगत्तै अर्धचेत भएका पूर्व मन्त्री खपाङ्गीको अन्नपूर्ण न्युरो अस्पतालमा पहिलो शल्यक्रिया गरिएपनि स्वास्थ्यमा कुनै सुधार नआएपछि उहाँलाई सिंगापुर लगेर थप उपचार गरिएको थियो । दुर्घटना पछि उहाँ बोल्न र चल्ल नसक्ने अबस्थामा हुनुहुन्थ्यो ।