• ON AIR
  • UP NEXT
समाचार

दिल्ली र्पुयाइएका २२ नेपाली महिलाको भारतीय प्रहरीद्धारा उद्धार ।।

दिल्ली र्पुयाइएका २२ नेपाली महिलाको भारतीय प्रहरीद्धारा उद्धार ।।
भारतीय प्रहरीले २२ नेपाली महिलाको उद्धार गरेको छ । दिल्ली र्पुयाइएका २२ नेपाली महिलाको भारतीय प्रहरीले उद्धार गरेको हो । इन्दिरा गान्धी अन्तर्रा्ष्ट्रिय विमानस्थल नजिकैको होटलबाट उनीहरुलाई उद्धार गरिएको अधिकारीहरुले बताएका छन् । दिल्लीस्थित नेपाली दूतावासको सूचनाका आधारमा उद्धार गरिएको जनाइएको छ । दिल्ली र्पुयाइएका मध्ये एक जना होटलबाट भागेर नेपाली दूताबास पुगेपछि उद्धार गर्न सम्भव भएको हो । २२ महिलाको उद्धार गरेको र दुई अभियुक्तको पहिचान भएको दिल्ली प्रहरीका रबीन्द्र यादवले जानकारी दिनुभयो । उद्धार गरिएकाहरुको बयान लिने काम सकिएको तथा धेरैलाई कतार र मध्यपूर्वका देशहरुमा लैजान लागिएको पनि खुलेको छ । महिलालाई दिल्ली र्पुयाइएपछि पासपोर्ट र अरु कागजपत्र दलालले लिएर गएको प्रहरीले जनाएको छ ।