• ON AIR
  • UP NEXT
समाचार

सिन्धुपाल्चोकमा गैर लाभग्राहीलाई ठगिको मुद्धा लगाईने प्रमुख जिल्ला अधिकारीको दाबी ।।

सिन्धुपाल्चोकमा गैर लाभग्राहीलाई ठगिको मुद्धा लगाईने प्रमुख जिल्ला अधिकारीको दाबी ।।
सिन्धुपाल्चोकमा भूकम्प पीडितको नाममा अनुदान सम्झौतामा झुटो विवरण दिएर पहिलो किस्ता रु ५० हजार लिएपनि गैर लाभग्राहीहरुले सुख नपाउने भएका छन् । भूकम्पबाट क्षति भएको झुटो विवरण भरी रु ५० हजार अनुदान बुझी सकेको भएतापनि त्यस्ता गैर लाभग्राहीहरुको छानविन गरी दोषी ठहरिएमा कानुन बमोजिम कार्वा्हि हुने निमित्त प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले बताउनुभयो  । गैर लाभग्राहीलाई ठगीको मुद्धा चलाइने भएको र त्यस सम्बन्धी केही गाविसको निवेदन उपर छानविन समेत भइरहेको बताउनुभएको छ । कूल अनुदान रकम निकासा गरेको ६९ हजार १ सय ३५ जना मध्ये ४ हजार १ सय ४८ गैर सरकारी संस्थाले नेपाल सरकारको नियम र नीति अनुसार वितरण गर्ने र ६४ हजार ९ सय ८७ लाई सरकारी कोषबाटै नागरिक लगानी कोषबाट बैंकहरुलाई भुक्तानी दिई सकिएको छ । स्थानीय विकास अधिकारी शाहीका अनुसार पहिचान भएका जिल्लामा भूकम्पबाट क्षति भइ पहिचान भएका ७८ हजार ५ सय ३७ घरधुरी मध्ये ७२ हजार ७ सय ६३ को अनुदान सम्झौता सम्पन्न भइसकेको र ६९ हजार १ सय ३५ को रकम निकासा भइसकेको र ३१ हजार ३ सय ५७ गुनासो दर्ता भएको र बाँकी अनुदान सम्झौता सम्पन्न गरी यहि भाद्र महिनाभित्र रकम निकासा गरिने भएको छ ।