• ON AIR
  • UP NEXTJhee Newa ( Program in Newari Language)
समाचार

मानवअधिकार आयोगले चुनावको सबै प्रक्रियाको अनुगमन गर्ने

 
राष्ट्रिय मानवअधिकार आयोगले असार १४ गतेको चुनावका सबै प्रक्रियाको अनुगमन गर्ने भएको छ । प्रदेश नम्बर १, ५ र ७ का, ३५ जिल्लामा मानव अधिकारको सुनिश्चितता सम्बन्धमा अनुगमन गर्न अधिकृत सहितको टोली खटिएको आयोगले जनाएको छ । टोलीले राजनीतिक दलले शान्तिपूर्वक भेला गर्न तथा विचार अभिव्यक्त गर्न पाए नपाएको, राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग भए नभएको, मतदाता शिक्षा तथा नागरिक सचेतनाको अवस्था र समग्र सुरक्षास्थिति लगायतका विषयमा अनुगमन गर्नेछ । यसअघि आयोगका सबै क्षेत्रीय तथा उपक्षेत्रीय कार्यालयबाट खटिएका टोलीले मनोनयन प्रक्रियाको अनुगमन गरेका थिए । दोश्रो चरणको चुनावी प्रक्रियाका क्रममा अहिलेसम्म एकजनाको ज्यान गएको तथा केही व्यक्ति घाइते भएको पाइएको र घटनाको छानविन गरी दोषीलाई कारबाही, मृतकका परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उपचार गर्न आयोगले सरकारलाई आग्रह पनि गरेको छ । आयोगले संयमित र शान्तिपूर्ण ढङ्गबाट चुनाव प्रक्रिया अघि बढाउन राजनीतिक दललाई समेत आग्रह गरेको छ ।