• ON AIR
  • UP NEXTJhee Newa ( Program in Newari Language)
समाचार

सांसद विदुर आफ्नो प्रतिवद्धता पूरा गर्दै

सांसद विदुर आफ्नो प्रतिवद्धता पूरा गर्दै 
केराघारीमा खानेपानीको व्यवस्थापन अन्तिम चरणमा
पाँचखाल केराघारी । पाँचखाल केराघारीका स्थानीयले गाउँदेखि केही टाढा रहेको फालाटेको खानेपानीको मुहानलाई प्रयोग गर्दै आएका थिए । ०७२ मा आएको भुकम्पले गर्दा फलाँटे लगायत गाउँको आसपासमा रहेका सबै मुहानहरु सुकेर खानीपानीको चरम अभाव सिर्जना भयो । गाउँमा खानेपानीको मुहान सुकेर चरम अभाव भएपछि पाँचखाल केराघारीका स्थानीयहरु बसाई नै सर्ने योजना बनाइरहेका थिए । खानेपानीको मुहानहरू सुक्दै गएपछि पाँचखाल वडा नं ५ गणेश मावि भमरकोटका प्रधानाध्यापक नारायणप्रसाद सापकोटाले घरमा पालेका दुईवटा बाख्रा र दुहुनो गाई विक्री गरेको  सुनाए । यसैगरी खानेपानीकै अवाभले गर्दा स्थानीय खेलराज गौतम घर छाडेर भक्तपुरमा डेरा लिएर  बस्न थालेका थिए  भने दिपक ढुङगाना र देवनारायाण गौतमले दुहुनो गाई  र भैसी समेत विक्री गर्न बाध्य भएको दुखेसो ब्यक्त गरे ।
स्थानीयले फलाँटेको मुहानमबाट एक गार्गी पानी भर्नका लागि भुकम्प अघि पनिघण्टौ लागाउने गरेका थिए । रातभरी पानीको मुहानमा पालो कुर्दाकुदै उज्यालो हुने गरेको थियो । तर अहिले खानेपानीका लागि सो क्षेत्रका सांसद विदुरप्रसाद सापकोटाले चुनावमा दिएको बचनअनुसार निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गतको योजनाहरुमा सो क्षेत्रको खानीपानी योजनालाई पनि छनौट गरीबजेटको उचित व्यवस्थापन गरिदिए । त्यसपछि खानेपानीको अभावले सकस व्यहोरीरहेका स्थानीयले राहत पाएका छन् । 
काभ्रे निर्वाचन क्षेत्र नं ४ का सांसद विदुरप्रसाद सापकोटाले शुरुमा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमबाट पटक÷पटक गरी३१ लाख रुपैया विनियोजन  गरिदिए । यो रकम पाएपछि स्थानीयहरु खानेपानीको जोहो गर्नतर्फ ३ वर्षदेखि लागिरहेका छन् । सांसद विदुरप्रसाद सापकोटा मार्फत हालसम्म पाएको ३१ लाख र गाउँकै स्थानीयहरूबाट पाँच हाजारका दरले रकम संकलन गरी गाउँमा अहिले डिप बोरिङ गरी पानी निकालिएको छ । खानेपानी योजनाका लागि स्थानीय उपभोक्ताहरूले गाउँमा पचपन्न हाजार लिटर क्षमताको पक्की पानी ट्याङकीको निर्माण सम्पन्न गरेका छन् । त्यसैगरी यो खानेपानी आयोजनालाई सम्पन्न गर्न मण्डन उपत्यका सामाजिक उत्थान समाज पाँचखाल गाउँ सामुदायिक समितिले पालेघर निर्माणका लागि २ लाख रुपियाँको व्यवस्थागरिदियो । त्यस्तै योजनाका लागि जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय काभ्रेले प्राविधिक र केही पाइपको सहयोग उपलब्ध गराइदियो । स्थानीय १ सय ८० घरधुरी उपभोक्ताको खानेपानी व्यवस्थापनका लागि अब मुडेपानी र मयलपानी भन्ने ठाउँमा ५०÷५० हजार लिटर क्षमताका पक्की ट्याङ्की निर्माण कार्यलाई अघि बढाइएको उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र सापकोटाले बताएका छन् ।