• ON AIR
  • UP NEXTJhee Newa ( Program in Newari Language)
समाचार

कृषकलाई कुखुरापालनतालिम

कृषकलाई कुखुरापालनतालिम
जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ का कृषकलाई ब्यवसायीककुखुरा पालनतालिमदिइएको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत कृषकलाई ब्यवसायीककुखुरा पालन सम्बन्धीतालिमधुलिखेलमादिइएको हो । जिल्ला समन्वय समितिकाभ्रेको समन्वयमाएकीकृत ग्रामीण विकास केन्द्र र पोल्ट्री ब्यवसायीमञ्चकाभ्रेले आयोजना गरेको तालिमदुईदिन सम्मचलेको थियो । तालिममानिर्वाचननम्बर ४ भित्रब्यवसायीक रुपमाकुखुरा पाल्दै आएका र पाल्न सुरु गरेका७५ जनाभन्दा बढी कुखुरा पालक कृषक सहभागिभएकाथिए । 
तालिमले धेरै कुरा सिकाएको सहभागिहरुले बताए । करिब ५ वर्षअघि देखि कुखुरा पालनगर्दै आएका उद्धव चौलागाईले तालिममासिकेको आधामात्रै सिकाई ब्यवहारमालागु गर्न सके कुखुरा पालनब्यवसायीलाई ब्यवसायीकबनाउन मद्दत पुग्ने बताउनुभयो । उहाँले विभिन्नह्याचरी र डिलरहरुलाई चल्लाको गुणस्तरीयतामाध्याननदिदाँआफुहरु मारमा परेको बताउँदै कुखुरा पालक कृषकहरु संगठित हुन जरुरी रहेको बताउनुभयो । तालिमकाप्रशिक्षक डा. दिनेश गौतमले खोरको ब्यवस्थापनमा कृषकले ध्याननदिदाँबारम्बार समस्याआउने गरेको बताउँदैँ कुखुराको चल्लालाई भन्दा बढी खोरको हेरचाहमाध्यानदिन जरुरी रहेको औँल्याउनुभयो  । कार्यक्रममापोल्ट्री ब्यवसायीमहासंघका केन्द्रिय सदस्य रविन्द्र सिम्खानले कुखुरा पालनब्यवसायीमाभित्रिएको आधुनिकीकरणसँगै ग्रामीण भेगका कृषकहरुले बढी लगानीगर्नु पर्ने अवस्थाआएको बताउनुभयो । उहाँले उत्पादनलागत घटाउन उत्पादन बढाउनुपर्नेमाजोड दिनुभयो । 
काभ्रे जिल्लामाकुखुरामाआत्मनिर्भर भएपनिअझै यसलाई ब्यवसायीकबनाउन जरुरी रहेको निर्वाचन क्षेत्र नम्बर ४ का सांसद विदुर सापकोटाले बताउनुभयो । उहाँले बेला बेला बर्डफ्युको हल्ला फैलाएर कृषकहरुको लगानी ढुवाने र भारतको कुखुरा नेपालमाबिकागउने गम्भीर चलखेल भइरहेको भन्दै त्यस तर्फ सचेत रहन कृषकहरुलाई आग्रहगर्नुभयो । राज्यले दिएको सहुलियत लिनबाट समेत हाम्रो कृषक दाजुभाई दिदीबहिनीबञ्चितभइरहेको भन्दै उहाँले जिल्लालाई कुखुरामाआत्मनिर्भर बनाएर आर्थिक स्तर बढाउने ब्यवसायीलाई समय सापेक्ष परिकृत गर्दै लैजान जरुरी रहेको बताउनुभयो । कार्यक्रमएकीकृत ग्रामीण विकास केन्द्रकाअध्यक्ष राजु नेपालको सभापतित्वमा सम्पन्नभएको थियो ।